दमक/   विश्वमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि यसबाट बच्न अपनाउनुपर्ने सतर्कताका लागि सरसफाईमा ध्यान दिनुपर्ने भएकाले दमक उद्योग वाणिज्य संघले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणहरुलाई लक्षित गरेर ठाउँ ठाउँमा हात धुने सामग्री व्यवस्थापन गरेको छ । संघले आज दमकको तरकारी बजारसहित १४ ठाउँमा हात धुने पानी र सावुनको व्यवस्था गरेको हो ।


संघले पानी भरेर राख्ने प्लाष्टिकका बाल्टिन उपलब्ध गराएको संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रमा त्यस किसिमको व्यवस्था मिलाइएकोले पटक पटक हात धोएर कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सार्वजनिक अपिल गरिएको उहाँले जनाउनु भयो ।

संघका प्रथम उपाध्यक्ष राजु खड्काका अनुसार दमकको नयाँ तरकारी बजार, देवकोटा चोक, जेसीज चोक, नमुना मार्ग, राधा कृष्ण मन्दिर, फाल्गुनन्द चोक, बेलडाँगी रोड, घिमिरे मार्केट, हार्डवेयर लाइन, कृष्णमन्दिर, बेलडाँगी र एकता मार्गमा त्यस किसिमको हात धुने व्यवस्था मिलाइएको छ ।

Facebook Comments Box