दमक/  झापाको हल्दिबारी १ का १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

बिर्तामोड १० शिवालय साईरन चोकस्थित भित्री सडकखण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको ट्याक्टरमा सवार कामदार बिनोदको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र चालक झापा हल्दिबारी ३ का दिपक लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box