गौरादह/ झापाको गौरादहमा निर्माण गरिने वीपि स्मृति भवन निर्माणका लागि करिब ३ कठठा जग्गा निशुल्क प्राप्त हुने भएको छ ।

नेपाली कांग्रेस गौरादहको पहलमा वीपी कोइरालाको सम्मानार्थ निर्माण गरिने वीपि स्मृती भवनका लागि स्थानीय टुराइ साहले १८ धुर र मिना एवम् भगिरथ ताजपुरीयाले दुई कठठा जग्गा प्रदान गर्ने घोषणा गरेका हुन् । उनीहरुलाई गौरादह नगरपालिका वडा न १ को जानकेश्वर शिवालय मन्दिर परिसरको वाचनालयमा आज आयोजित कांग्रेस गौरादहको बिस्तारित भेलामा सम्मान समेत गरिएको छ । भेलाले भवन निर्माणको योजना बनाउने निर्णय गरेको जनाइएको छ ।
गौरादह २ स्थित प्रज्वल कलेजियट एकेडेमी नजिकै निर्माण गरिने सो भवन निर्माणको कार्ययोजना बनाउने समिति, उपसमितिहरु पनि गठन भएको बताइएको छ । योजना अनुरुप काम सुचारु भए निकट भबिष्यमा नै गौरादहमा सुबिधा सम्पन्न वीपी स्मृती भवन निर्माण हुने गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहले बताउनु भयो ।