ग्राण्डीमा उपचाररत शंकास्पद दुवै जनामा कोरोना नभएको पुष्टि

Author Nishkarsha News
२०७६ चैत्र ३, सोमबार १७:२८

दमक/    कोरोना संक्रमण भएको आंशका गरि ग्राण्डी अस्पतालमा भर्ना गरिएका दुवै शंकास्पद विरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।

झापाको भद्रपुर र काठमाडौंकै एक व्यक्तिमा कोरोना भाइरसको आंशका गरिएपनि ति दुवै जनामा कोरोना नभएको ग्राण्डी अस्पतालका बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले पुष्टी गरे । उनका अनुसार ति विरामीमध्ये एकलाई स्वाइन फ्लू र अर्कालाई निमोनिया देखिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्