दमक/ सुनसरीमा हिजो भएको सवारी दुर्घटनामा परी घाईते भएका मोरङ सुन्दरहरैचा ७ का ५० बर्षीय योगेन्द्र प्रसाद रिजालको मृत्यु भएको छ ।
हिजो बिहान साढे ११ बजे सुनसरी भोक्राह नर्सिङ ४ चिरौली चोक स्थित राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश १–०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठाक्किँदा मोटरसाईकल चालक रिजाल गम्भिर घाईते भएका थिए । उनको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसैगरी सुनसरी बराहक्षेत्र ५ बस्ने मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ ।
हिजो बेलुका सवा ६ बजे राजधामी चौक स्थित सडक खण्डमा नहडाबाट कालाबन्जर तर्फ जादै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो पार गरिरहेका बालक सुजनलाइ ठक्कर दिदा घाईते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौ लैजाने क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।