शरणार्थी विद्यार्थी पढाउन दमकका दुई विद्यालयमा दाताले बनाइदिए भवन

Author Nishkarsha News
२०७६ फाल्गुन २९, बिहीबार १३:२२

दमक/   झापाको दमक–३ मा निर्मित सामुदायिक विद्यालयका दुई भवन संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।

शरणार्थी  सम्बन्धि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय नेपालकी प्रमुख क्यारोलिन स्पोनीत वर्माले भवन हस्तान्तरण गरेकी हुन् ।
भवन हस्तान्तरण पछि ढुकुरपानी माविमा आयोजीत कार्यक्रममा उनले शरणार्थीहरुको संरक्षणका लागि नेपाल सरकारले पु¥याएको योगदानको प्रशंसा गरिन् । वडा नं. ३ का वडाध्यक्ष नवीन बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, ढुकुरपानी माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारी लगायतले शरणार्थी बालबालिकाहरुको पठन पाठनका लागि शिक्षक दरवन्दि मुख्य चुनौती रहेको बताए ।

यस्तै बेलडाँगी शिविर सचिव कृष्ण लिङदेनले अपांगता भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरेर पठन पाठनको व्यवस्था मिलाई दिन माग गरे भने कारितास दमकका प्रवन्धक देवेन्द्र पोखरेलले सन् २०२० बाट सवै दाताहरु बाहिरिने पूर्व घोषणा अनुसारनै विद्यालयहरुलाई भवन प्रदान गरिएको बताए । आधारभूत विद्यालयले ६८ लाख ८१ हजार तथा ढुकुरपानी माविले १ करोड २४ लाख रुपैयाँ लागतमा बनेका भवन पाएका हुन् ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्