दमक/   झापाको दमक ५ हरिओम कोलेनीस्थित   भित्रि सडक खण्डमा गएराती अटो टेम्पो दुर्घटना घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टी भएको छ । मृत्यु हुनेमा दमक ९ का ६१ बर्षिय उम बहादुर मगर रहेका छन् ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा अधिकारीका अनुसार मगरको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा रातीनै मृत्यु भएको हो ।
मे १ ह ६५८४ नं. को टेम्पोका चालक दिप कुमार मगर हुन् ।  टेम्पो चालकले मादक पदार्थ सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर १ ले जनाएको छ । चालक र टेम्पोलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको छ ।

Facebook Comments Box