दमक/ दमक ५ स्थित भित्रि सडक खण्डमा मे १ ह ६५८४ नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना एक जना घाइते भएका छन् ।
गएराती भएको सो दुर्घटनामा टेम्पोमा सवार दमक ९ का ६१ बर्षिय उम बहादुर मगर गम्भिर घाइते भएका हुन् ।
उनको उपचारका लागि लाईफ लाईन अस्पताल पठाइएको छ भने टेम्पो चालकले मादक पदार्थ सेवन गरेको पाइएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर १ ले जनाएको छ । चालक र टेम्पोलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाइएको छ ।