मोरङ/  बिराटनगर महानगरपालिका १२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले हानेर ७० बर्षीया श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् ।

सोमवार साँझ ५ बजे घरायसी बिबादका क्रममा दाउराको चिर्पटले हानेर उनको हत्या भएको हो ।

चिर्पट प्रहारबाट सगुत्रीको घटनास्थमला नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हत्याका आरोपी परणलाई नियन्त्रणमा लिएर अन्य थप अनुसन्धान अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box