तेह्रथुम/ तेह्रथुमको म्याङ्लुङ् नगरपालिका स्थित महिला उत्थान वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित सात दिने उद्घोषण तथा भाषण कला तालिम सम्पन्न भएको छ ।


नगरपालिकाको सहयोगमा महिलाहरुको व्यक्तित्व तथा क्षमता विकासका लागि कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । तालिममा उद्घोषण तथा भाषणकलाका बारेमा मदानी मिडीया दमकका सञ्चालक तथा पत्रकार गोपाल झापालीले जानकारी गराएका थिए । सो क्रममा शव्दचयन, प्राविधिक ज्ञान, बिषय छनौट, सुचना तथा जानकारी संकलन, मञ्च व्यवस्थापन, तालिका निर्माण लगायतका बिषयमा सैद्धान्तिक तथा प्रयोगात्मक जानकारी प्रदान गरिएको थियो ।

२०७६ फागुन २० गते देखि सञ्चालित प्रशिक्षण २६ गते सम्म चलेको थियो । तालिम समापन समारोहमा प्रमुख अतिथी म्याङ्लुङ् नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहम्फेले महिला सशक्तिकरणका क्षेत्रमा नगरपालिकाले प्राथमिकता दिएको र यस प्रकारका कार्यक्रमलाई आगामी दिनमा पनि सहयोग गरिने बताएका थिए ।
संस्थाकी अध्यक्ष तथा समापन कार्यक्रमकी सभापति चन्द्रकला मिश्रले तालिमले महिलाहरुमा आत्मविश्वास अभिवृद्धी गराएको र यसले महिला सशक्तिकरणको अभियानलाई पनि सहयोग पु¥याएको बताएकी थिईन् । तालिममा विभिन्न संस्थाका अगुवा महिला तथा जनप्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।

Facebook Comments Box