दमक/घाँटी रेटेर १५ बर्षीय बालिकाको हत्या गरेर फरार भएका एक व्यक्ति झापाको दमकबाट पक्राउ परेका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिकामा भएको सो घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले दमकबाट आज पक्राउ गरेको हो ।
गत वैशाख २९ गते हिलिहाङ गाँउपालिका ४ स्थित कात्तिकेमा १५ बर्षीया शितल योङहाङको घाँटी रेटेर हत्या गरि फरार भएका तामाङलाई पक्राउ गरिएको हो ।
तामाङलाई प्रहरीको बिशेष टोलीले दमकको एक होटलबाट तीन सातापछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
सो घटनामा संलग्न फाल्गुनन्द २ का भगिरथ बास्तोला घट्नको भोलिपल्ट नै समातिएका थिए । पक्राउ परेका बास्तोलाले यसअघि नै आफूले समातेको र पदमले घाँटी रेटेको वयान दिइसकेका छन् ।