दमक/झापाको कमल ५ मंगलबारेका आगलागी पीडित चार परिवारलाई आज लायन्स क्लब लखनपुरले जिन्सी राहत सामाग्री प्रदान गरेको छ । क्लबले पीडित परिवारलाई आवश्यकतामा आधारित राहत सामग्री प्रदान गरेको हो ।


क्लबका अध्यक्ष ज्ञानु पौडेलका अनुसार हिजो साँझ भएको आगलागीका कारण पीडित स्थानीयहरु कृष्णमाया लिम्बु, रुक्मनी ताजपुरीया, पार्वता राजवंशी र चुड्की मर्डीको परिवार मध्ये तीन परिवारलाई सिलिण्डर ग्याँस , चुल्होका साथै कराई, भाँडाकुँडा आदी भान्सामा आवश्यक सामानहरु उपलब्ध गराएको हो भने एक परिवारलाई अन्य जिन्सी राहत सामाग्री प्रदान गरिएको हो ।
अध्यक्ष पौडेलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने लायन्स क्लब इन्टरनेशनलको नारालाई सार्थक बनाउँदै क्लबले पीडित परिवारलाई घट्नास्थलमा पुगेर राहत सामाग्री प्रदान गरिएको बताउनु भयो ।
कमल ५ का वडाध्यक्ष डम्बर बहादुर निरौला, लायन्स क्लबका जोन चियर पर्सन धर्मानन्द भट्टराई, नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखा सभापति चन्द्र साह लगायतको विशेष उपस्थितीमा सो राहत सामग्री प्रदान गरेको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

हिँजो साँझ स्थानीय कृष्णमाया लिम्बुको घरमा भएको आगलागीका कारण सो घर र घरमा व्यवसाय सञ्चालन गर्ने तथा बसोबास गर्ने अन्य तीन परिवारले समेत करीब ५० लाख भन्दा बढीको क्षति ब्यहोर्नु परेको थियो । सो घट्नाका पीडितहरुलाई स्थानीयस्तरबाट राहत प्रदान गर्ने क्रम जारी छ ।

Facebook Comments Box