दमक/ दमक र इलाम चुलाचुलीका दुई युवा लागुऔषध ब्राउनसुगरसहित काँकरभिट्टामा पक्राउ परेका छन् ।
भन्सार मुलगेट अगाडीबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका ४ का २७ बर्षीय निशान राई र झापा दमक १ का २४ बर्षीय रोशन पोदार रहेका छन ।
आज दिउँसो को ९ प ३६३१ नम्बरको मोटरसाईकलमा सवार दुबै जनालाई चेकचाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकी भित्र प्लास्टिकमा पोको पारेर ल्याउँदै गरेको २६ ग्राम खैरो हिरोईन ब्राउनसुगर फेला परेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।