विर्तामोड/ झापा अर्जुनधारा ११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द ३ का २५ बर्षीय बिबेक तामाङ ,२१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ , अर्जुनधारा ६ का १८ बर्षीय रोशन गुरुङ र ईलाम का २० बर्षीय सन्तोष तामाङ रहेका छन ।

बिशेष सुराका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको जनाइएको छ । पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box