दमक/झापाको दमकमा आज नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अनुसार विद्यार्थीहरुले भ्रष्टाचार, मृुल्यबृद्धि र अव्यवहारिक करका विरुद्ध प्रदर्शन गरेका छन् ।

नेविसंघको आव्हानमा दमक बहुमुखी क्याम्पस र आसपासका क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा नेविसंघका कार्यकर्ता, समर्थकहरुले क्याम्पसमोडमा सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । नेविसंघको केन्द्रिय सर्कुलर अनुसार गरिएको प्रदर्शनका क्रममा पुस्तकमाथि लगाइएको अव्यवहारिक खारेज गर, भ्रष्टाचारीलाई कारवाही गर, भ्रष्टाचार विरुद्ध एक होऔं जस्ता सरकारलाई खबरदारी गर्ने नाराहरु लगाएका थिए ।
दमक बहुमुखी क्याम्पसबाट शुरु भएको प्रदर्शन क्याम्पसमोडमा पुगेर कोणसभामा परिणत भएको नेविसंघका जिल्ला सदस्य नवराज न्यौपानेले जानकारी दिए । सो अवसरमा नेविसंघ केन्द्य्रिय उपाध्यक्ष तुलसा पन्तले सरकारले चालेका कदम एकपछि अर्को गर्दै गलत सावित हुँदै गएको टिप्पणी गरिन् । उनले भ्रष्टाचारमा संलग्नमाथि कारवाही गर्नुको सट्टा अनुसन्धाननै गर्नुपर्दैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताउनु भयो । नेविसंघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले हस्ताक्षर गरेर जारी गरेको सर्कुलर अनुसार त्यस किसिमका कार्यक्रम देशैभरका क्याम्पसहरुमा सञ्चालन गरिएको छ ।