विराटनगर/प्रदेश एकका मोरङ र सुनसरीमा गएराती भएका घटनामा दुई जनाको ज्यान गएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गएराती १० बजे सुनसरीको कोशी गाउँपालिका ४ पुर्व पश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट
मानसिक सन्तुलन ठिक नभएको अन्दाजी ५० बर्षका एक पुरुषको मृत्यु भएको हो ।

उनको पहिचान खुलेको छैन । ना ३ ख ७९११ नम्बरको कन्टेनरले ठक्कर दिंदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका ४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो साँझ घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।

Facebook Comments Box