खीर खाजाको स्वाद वेग्लै

Author Nishkarsha News
२०७६ जेष्ठ १९, आईतवार १९:१९

 

दमक/ मोरङको कानेपोखरीमा खीरको खाजा खाँदै आईतबार दिउँसो दमकका खीर पारखीहरु ।
यहाँस्थित जेनिसा होटलमा दुधको परिकारबाट बनाइएको खीरको खाजा निक्कै लोकप्रिय छ ।

यहाँको बाटो भएर हिंड्ने धेरै जसो यात्रीहरु प्राय खीरको स्वाद लिएर मात्रै फर्किन्छन् । खीरसंगै घिउमा पकाइएको आलु र चनाको तरकारीको स्वादले धेरैलाई जेनिसा होटलमा दोहोयाएर तान्ने गरेको छ । यहाँ मात्रै दैनिक झण्डै २ भाँडा खीर पाक्छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्