दमक/ झापाको गौरादह ७ घर भई जुरोपानीस्थित इमिनेन्ट कञ्चनजंघा अंग्रेजी स्कूलमा अध्ययनरत एक विद्यार्थी घरबाटै एकाएक वेपत्ता भएका छन् ।
कक्षा ८ मा अध्ययनरत १४ बर्षिय विश्वास बास्तोला हिजोदेखि एकाएक घरमा कसैलाई थाहा नदिई वेपत्ता भएका हुन् । उनको अवस्था अहिले सम्म अज्ञात हुँदा परिवारमा चिन्ता बढेको छ ।

उनका बुबा ओम बाँस्तोला हाल वैदेशिक रोजगारमा रहेका छिमेकी दाजु मिलन रेग्मीले जनाएका छन् । उनको खोजीका लागि परिवारले सबैसंग सार्वजनिक अपिल गरेको छ । उनलाई फेला पार्ने जो कोहीले मो नं ९८०६०८०३९४ वा ९८१७०५७३२१ मा खबर गरिदिन आग्रह गरिएको छ ।