काठमाडौं/नेकपा भित्र पछिल्लो राजनीतिक घटनाक्रमले खैलबैला मच्चिरहेका बेला चार शिर्ष नेताहरु बीच विशेष भेटवार्ता भएको छ ।

आज बिहान नेताहरुबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा वरिष्ठ नेता माधवकुमार, झलनाथ खनाल र बामदेव गौतम बीच अर्थपूर्ण भेटवार्ता भएको हो । नेताहरु बीच अहिले पार्टीभित्र देखिएको विवादकाबारे छलफल भएको बताइएको छ ।

त्यसैगरी आगामी दिनमा पार्टीलाई कसरी मिलाएर लाने भन्ने विषयमा समेत नेताहरुबीच छलफल भएको बताइएको छ । छलफलको अन्त्यतिर नेता वर्षमान पुन पनि पुगेका थिए । नेकपा भित्र बाँस्कोटा प्रकरण, वामदेव प्रकरणले पार्टी दुई कितामा विभाजित छ । पछिल्लो समय वरिष्ठ नेताहरु एकठाउँमा उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली एक्लो भएका छन् ।

Facebook Comments Box