दमक/झापा गाउँपालिका वडा नं ६ शरणामती अमरपथबाट लक्ष्मीमार्ग जोड्ने दयालधाम मार्गमा थप डेढ किलोमिटर सडक कालोपत्रे शुरु गरिएको छ ।
दयालधाम मार्गको ३ किलोमिटरको आधा खण्ड यस अघि कालोपत्रे भईसकेकाले थप डेढ किलोमिटर खण्डको कालोपत्रे आज बिहिबार शुरु गरिएको हो ।
गाउँपालिकाको १ करोड ३९ लाख रुपैयाँको लागतमा गरिने कालोपत्रेको गाउँपालिका अध्यक्ष जयनारायण साहले शिलान्यास गर्नुभएको छ । सो योजना नेपाल पूर्वाधार कन्स्ट्रकसन एण्ड सप्लायर्सले गर्ने सम्झौता भएको जनाइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष साहले गाउँपालिकाको बार्षिक बजेट तथा कार्यक्रममा रहेको रहेको एक वार्ड कालोपत्रे योजना अन्तर्गत सो सडक कालेपत्रे गर्न लागिएको जनाउनु भयो ।
शिलन्यास कार्यक्रममा झापा गाउँपालिका प्रमुख जय नारायण शाह ,७ नम्बर वडाका वडाध्यक्ष नेत्र प्रसाद उप्रेती, वडा सदस्य लोक बहादुर बस्नेत, ६ नम्बर वडाध्यक्ष हरि बहादुर बाँनिया, स्वास्थ्यकर्मी अन्जू थपलिया सामाजिक व्यक्तित्व शिव कँडेल, सुबास डाँगी, छत्र पाण्डे, कुमार बोहोरा, मोहन मिश्र लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । सो योजनाको ठेक्का पाएको कम्पनीका प्रतिनिधि टेक बहादुर श्रेष्ठले तोकिएको समय सीमा भन्दा अगावै गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।