दमक/ नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको गठन भएको छ ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर सक्रिय बनाइने अभियानको औपचारिक घोषणा भने बिहीबार ( भोली) एक कार्यक्रमबीच गरिने खरेलले जानकारी दिनु भयो । सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले उल्लेख गर्नुभयो ।

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्व कायममुकायम सचिव देवेन्द्र सिटौला लगायत राष्ट्रियस्तरमा चर्चामा रहेका अभियान्ताहरु संलग्न रहेका बताइएको छ ।

Facebook Comments Box