दमक/   झापाको गौरीगञ्ज १ महाभारास्थित वाल कल्याण माविको भूपु विद्यार्थी समाजको पहिलो बैठकमा संस्थालाई शैक्षिक तथा सामाजिक गतिबिधिमा सक्रिय बनाउने विभिन्न निर्णयहरु गरेको छ ।
समाजका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा आज शनिबार  दुधेमा बसेको तदर्थ समिति बैठकमा गत ३ फागुनमा सताक्षीधाममा आयोजना गरिएका भूपु विद्यार्थी, शिक्षक पुनर्मिलन तथा वनभोज कार्यक्रमको समीक्षा गर्दै कार्यक्रमको आय व्यय समेत अनुमोदन गरिएको छ ।

बैठकमा संस्थालाई विधिवत रुपमा दर्ता प्रकृया अघि बढाउने, नयाँ बर्ष २०७७ को सन्मुखमा बार्षिक क्यालेण्डर ( भित्ते पात्रो) प्रकाशन गर्ने, हरेक बर्ष ३ फागुनमा भूपु विद्यार्थी समाजको स्थापना दिवस मनाउने, विद्यालयमा जुनसुकै शैक्षिक बर्षमा पनि अध्ययन गरेका भूपु विद्यार्थीहरुलाई समेटेर सदस्यता विस्तारको प्रकृया अघि बढाउने , सबै भूपु विद्यार्थीहरुलाई फजुल खर्च कटौती गर्दै जन्मदिन, बैबाहिक बर्षगाँठ, कोहि पनि परिवारका सदस्यहरुको  पुण्य तिथीमा  विद्यालय तथा बालबालिकाहरुको शैक्षिक विकासका लागि रचनात्मक कार्यक्रमहरु गर्न आव्हान गर्ने, संस्थाको आर्थिक कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन बैंकिङ खाता सञ्चालनमा ल्याउन, नयाँ बर्षको सन्मुखमा क्यालेण्डर विमोचन र स्वास्थ्य शिविरसहित शैक्षिक गुणस्तरका बिषयमा अन्तरक्रिया गर्ने लगायतका बिषयहरुमा छलफल भएको जनाइएको छ ।

समाजले क्यालेण्डर प्रकाशनका लागि सचिव भवानी काफ्लेको संयोजकत्वमा शारदा सिटौला ( विर्तामोड), राजु निरौला ( दमक), खगेन काफ्ले ( महाभारा) र सरस्वती राई ( विद्यालय ) , सृजन घिमिरे ( विर्तामोड) सदस्य रहेको क्यालेण्डर प्रकाशन समिति गठन गरेर आवश्यक तयारी शुरु गरेको जनाइएको छ ।

Facebook Comments Box