दमक/ वनेपामा शनिबार र आइतबार हुने ११ औं जुनियर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा भाग लिने झापाका ९ खेलाडीसहित १३ जनाको टोली त्यस तर्फ गएको छ ।


काभ्रे तेक्वान्दो आइटीएफ संघ र काभ्रे तेक्वान्दो आइटीएफ एकाडेमीको आयोजनामा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडी तथा प्रशिक्षकहरुलाई दमक आइटीएफको कार्यालयमा आयोजित कार्यक्रममा बिहिबार विदाई गरिएको हो ।


दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज केसी र पत्रकार विष्णु पौडेलले उनीहरुलाई खादा र अविर लगाएर विदाई गरेका थिए । सो प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुमा पुरुष तर्फ पत्रुस राई ( २० केजी समुह), अभिषेक राई ( २०–२५ ), सरोज श्रेष्ठ (३५–४०), आशिष तामाङ ( ५०–५५), महिला तर्फ सेरेम सुनुहाङ ( १५–२०) प्रेन्सिका भट्टराई ( २०–२५), दिक्षा लिम्बु (४०–४५) र आइसा तामाङ (५०–५५ केजी तौल समुह) रहेका दमक आइटीएफका अध्यक्ष समेत रहेका मुख्य प्रशिक्षक नविन तामाङले जानकारी दिए ।

Facebook Comments Box