मोरङ /मोरङ सुनवर्सी २ महाराजथानमा डेढ बर्षिय एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय सन्तोश शर्माको छोरा १९ महिनाको प्रदिप शर्माको पानीमा डुबी मृत्यु भएको हो ।
आज बिहिबार दिउँसो साढे १ बजे खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले मोरङले जनाएको छ ।

Facebook Comments Box