दमक/ झापाको दमकमा आजदेखि छैठौं दमक फुड फेस्टिबल शुरु भएको छ ।
दमकस्थित बसपार्क नजिकै होटल व्यवसायी संघको आयोजनामा शुरु भएको फेस्टिबलको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्नुभएको छ । संघका अध्यक्ष राजन दंगालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका वक्ताहरुले स्थानीय उत्पादनहरुको प्रवद्र्धनका लागि यस किसिमका फेस्टिबलहरु उपयोगी हुने विश्वास व्यक्त गरे ।

फेस्टिबलका संयोजक सुधिर प्रधानका अनुसार ११ फागुन सम्म चल्ने फेस्टिबलमा विभिन्न जातजातीका विशेष खानेकुराहरु पाइनेछ । फेस्टिबल अवधिभर आउने ग्राहकलाई मध्यनजर गर्दै दमकका होटल तथा लजहरुको २६ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक प्रधानले जानकारी दिनु भयो ।