गौरादह/ झापाको गौरादहस्थित गौरादह उद्योग वाणिज्य संघको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । हालै निर्विरोध निर्वाचित जीत बहादुर कार्की ( जेवी) नेतृत्वको कार्य समितिलाई तत्कालिन अध्यक्ष जीवन राई नेतृत्वको समितिले आज पद हस्तान्तरण गरेको हो ।


संविधान सभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्य र संघका तत्कालिन अध्यक्ष जीवन राईको अध्यक्षतामा भएको कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साह, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाँको विशेष आतिथ्यमा सम्पन्न पद हस्तान्तरणमा वक्ताहरुले नयाँ नेतृत्वलाई समग्र गौरादहको विकासका लागि सशक्त भएर लाग्न सुझाव दिएका थिए ।

संघको नेतृत्व चयनका लागि बाबुराम भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । सो समितिले सहमतिका आधारमा निर्विरोध नेतृत्व चयन गराउन भुमिका निर्वाह गरेको थियो ।

Facebook Comments Box