मोरङ/मोरङ सुन्दरहरैचा–८ सलकपुर स्थित पुर्ब पश्चिम राजमार्गमा दुई वटा मोटरसाईकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ ।
शुक्रबार मध्यरातमा को ३७ प १७ नम्बरको मोटरसाईकल र को३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३७ प १७ नम्बरको मोटरसाईकल चालक मोरङ सुन्दरहरैचा ८ का २२ बर्षीय बिशाल खत्री र अर्का चालक सोही ठाउँका २३ बर्षीय अर्पण गुरागाईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।