भक्तपुर/विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाद प्रसाईँ तारेखमा छुटेका छन् ।

प्रसाईँलाई बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले तारेखमा छोडन आदेश दिएको हो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूमाथि प्रसाईँले अभद्र व्यवहार गरेको भन्दै भक्तपुर प्रहरी परिसरमा मानहानिको उजुरी दिएका थिए ।
उजुरीका आधारमा फरार भनिएका प्रसाईँ जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेका प्रसाईँले बिएन्डसी मेडिकल कलेजको सम्बन्धन निवेदन लिएर आयोग जाँदा गिरीले निवेदन दर्ता नगराई २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । सोपछि प्रसाईँ विरुद्ध जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दर्ता भएको थियो ।
उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालयमा प्रसाईलाईं पक्रन प्रहरीले अनुमति मागेको थियो । प्रसाईँ एकाएक जिल्ला प्रशासन कार्यालयमा हाजिर भई तारेखमा छुटेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएकी छिन ।