भोजपुर/ भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–७ बतासे भाईराज राईको ९ बर्षीया छोरी निशाना राईको पिङ खेल्ने क्रममा तन्ना घाँटीमा बेरिँदा मृत्यु भएको छ ।
आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा अचानक तन्ना घाँटीमा बेरीदा बालिकाको मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै तत्काल प्रहरी चौकी कोटबाट खटिएको प्रहरी टोलीले बालिकालाई मृत फेला पारेको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरले घट्नाबारे थप अनुसन्धान गरिरहेको छ ।