दमक/ झापा दमक २ का बयोबृद्ध पुण्यप्रसाद भण्डारीको आज बिहान ५ बजे निधन भएको छ ।
विसं १९७६ जेठ ३ गते इलामको आमचोकमा जन्मिनु भएका भण्डारी बसोबासका क्रममा हाल दमक २ मा रहनु भएको थियो ।
उहाँका दुई छोरा र पाँच छोरी , ३० जना नाति नातिना , पनाती पनातिनी ५ र ३ जनाती रहेका नाती सन्तोष भण्डारी ( खोमप्रसाद) ले जानकारी दिनु भयो । उहाँको अन्त्येष्टीका लागि पार्थिव शरिर आज बिहान १० बजे कन्काई नदी लगिने पारिवारिक श्रोतले जनाएको छ ।