दमक/पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकस्थित रतुवा पुल नजिकै आज अपरान्ह यात्रुबहाक बस र ढुंगा बोकेको ट्रयाक्टर एकापसमा ठोक्किदा एक घण्टा यातायात अवरुद्ध भएको छ ।

दुर्घटनामा बसमा सवार ५/६ जना यात्रु सामान्य घाइते भएका छन । दुर्घटनाका कारण ठुलो मानविय क्षति नभएपनि राजमार्ग विचैमा भएको सो दुर्घटनाका कारण करिब एक घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
करिब एक घण्टा यातायात अवरुद्ध हुँदा मोटरसाइकल बाहेकका सवारी साधनहरुको जाम लागेको थियो । यातायातकाट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञ प्रसाद अधिकारीका अनुसार करिब ३ बजेतिर मे १ ख २३६४ नम्बरको बस र तत्काल नम्बर नखुलेको ढुंगा बोकेको ट्रयाक्टर एकापसमा ठोक्किएका थिए । अपरान्ह ४ बजेदेखि राजमार्गको अवरोध हटेको प्रहरीले जनाएको छ । दुर्घटनाका क्रममा बसको सिटमा बसेका यात्रुहरु बस भित्रै लडेका कारण सामान्य घाइते भएकाले उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।