दमक/ दमकमा सम्पन्न “बुद्धि कुमार राई स्मृति“ प्रदेश १ विद्यालय स्तरिय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपधि सप्तकोशी कलेजका आदेश दाहालले जितेका छन् ।    ६.५ अंकका साथ सप्तकोशी कलेजका १५१६ रेटेड आदेश दाहालले जितेका हुन् त्यस्तै दोश्रो स्थान ६ अंक जोडदै मदन स्मृति कलेजका १५३६ रेटेड सक्षम भन्डारी र तेश्रो स्थानमा समान ६ अंकका साथ एकता एकाडेमी दमककी कृतिसरा अधिकारी भए ।


छात्रा तर्फ प्रथम ५अंक जोड्दै कोहेड़ कलेज बिर्तामोडकी पुनम प्रसाई भईन, दोश्रो सनसाईन् स्कुल उर्लाबारीकि जेनिशा कोइराला भईन भने तेश्रो पुर्वान्चल स्कुल दमककी अन्तरा राई भएकी थिइन् ।

प्रथम,दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने खेलाडी लाई क्रमशः रु. ५००० , रु. ३००० , रु. २००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
छात्रा तर्फ उत्कृष्ट हुने खेलाडीले रु. २००० , रु. १५०० , र रु. १००० साथै ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ठ १० तथा विभिन्न उमेर समुहमा उत्कृष्ठ हुने खेलाडी लाई पुरस्कृत गरिएको थियो ।


कार्यक्रम दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भीमराज के.सी.को प्रमुख आतिथ्यमा भएको थियो भने अध्यक्षता झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष कृष्ण प्रसाद सिग्देलले गर्नुभएको थियो ।
प्रतियोगितामा १ नम्बर प्रदेशका बिभिन्न विद्यालयका ४७ खेलाडीको सहभागिता थियो । प्रमुख निर्णायकको भुमिका नेपाल च्याम्पियन भुपेन्द्र निरौलाले गर्नुभएको थियो । झापा जिल्ला बुद्धिचाल संघको आयोजना र डाईनामिक चेस एकाडेमी दमकको सहआयोजनामा सप्तश्री एकेडेमी दमक ९ मा सो प्रतियोगिता सम्पन्न भएको थियो ।

Facebook Comments Box