पाँचथर/पाँचथरको फिदिम नगरपालिका वडा नं ४ थापाटारस्थित मेची लोकमार्गमा भएकका ट्रयाक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

हेमा खोलाबाट फिदिम तर्फ आउदै गरेको ग १ त ३७९९ नं. को ट्याक्टर आफै अनियन्त्रित भई सडक ५ सय मिटर तल खस्दा भएको दुर्घटनामा ट्याक्टर चालक सोहि ठाउँका २४ बर्षिय शुक्रराज माझीको घट्नास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं १ इटहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरमा सवार १० बर्षिय मनिष माझी घाइते भएका छन् । उनको उपचारका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box