ताप्लेजुङ/ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–२ खाल्टे थेचम्बुकी ३५ बर्षीया शुकमाया लिम्बुलाई आफ्नै जेठाजुले खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
दाजुभाईको अंशबण्डाका बिषयलाइ लिएर बिबाद हुदा ४३ बर्षीय पुर्णकुमार लिम्बुले आफ्नै कान्छी भाईबुहारी बिरेन्द्रकुमार लिम्बुकी श्रीमती शुकमायाको हत्या गरेका हुन् ।
धारिलो हतियार खुकुरीले घाँटी र टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गर्ने जेठाजु पुर्णकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।