दमक/विराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ ।
आज बिहान सवा ७ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक बिराटनगर महानगरपालिका–१७ का ४५ बर्षीय सलिम मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । सोही अटोमा सवार अन्य ३ जना घाईतेको उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।