शिवसताक्षी । झापाको दूधेमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शिवसताक्षी–११ स्थित दुधेमा बोलेरोले ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको हो ।
सोमबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २४७५ नम्बरको बोलेरो गाडीले सोही दिशा तर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक स्थानीय ६० बर्षीय बल बहादुर दर्जी घाइते भएका थिए ।
घाइते उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा राति सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।