बिर्तामोड। झापाको बिर्तामोड २ स्थित चारपानेमा एक व्यक्ति हत्या भएको छ । ती व्यक्ति स्थानीय एन राजवंशीकले थ्रेसर लगाइएको परालमा जलेको अवस्थामा फेला परेका हुन् । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । ‘हत्या भएको ठाउँमा रगत छ । घिसारेको जस्तो पनि देखिन्छ’, उनले भने, ‘स्थानीयका अनुसार राति १२ बजे झगडा भएको जस्तो हल्ला भएको रहेछ ।

त्यही समयमा हत्या गरेर थ्रेसर लगाइएको परालमा जलाएको हुन सक्छ ।’ घटनाको अनुसन्धानका लागि अहिले धरानबाट तालिम प्राप्त कुकुर मगाइएको जानकारी दिए । ‘अहिलेसम्म महिला हो कि पुरुष भन्ने पनि छुटिएको छैन । जलेर शव चिनिँदैन’, उनले भने, ‘तालिम प्राप्त कुकुर पनि मगाएका छौं । केहीअनुसन्धान हुँदैछ ।’

Facebook Comments Box