दमक/झापा र ईलाममा आगोले जलेर २ जनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिका वडा नं ५ को रतुवामाई बृक्षारोपण आयोजनाको टुकुरे जंगलमा आगलागीमा परी ६० बर्षिय राम बहादुर बस्नेतको मृत्यु भएको हो ।
हिँजो अपरान्ह जंगलमा लागेको आगो निभाउन रतुवामाई बृक्षारोपण आयोजना केन्द्रको टोली र स्थानीयवासी समेतको टोली गएकोमा आगो निभाउने क्रममा बस्नेतको आगोले डढेर घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी ईलामको रोङ गाउँपालिका वडा नं ६ की ६६ बर्षीया देवी भण्डारीको आफ्नै घर भित्र ताप्नका लागि बालिएको आगोमा परेर मृत्यु भएको छ । कपडाबाट आगो सल्किर्दा घाईते भएकी भण्डारीको उपचारको क्रममा बिराटनगरको म्याक्स अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको हो ।