दमक/झापाको दमक ताराबारीमा रोटरी तथा रोट्रयाक्ट क्लब दमकको गाउँमा लाइब्रेरी कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना गरिएको छ ।


क्लबले पुस्तकालय सञ्चालन सहयोगार्थ दमकमा केही दिन अघि पुस्तक संकलन गर्ने शिविर राखेको थियो । त्यहाँ प्राप्त भएका पुस्तकहरुको व्यवस्थापन गर्दै लाइब्रेरी स्थापना गरेर समुदायलाई हस्तान्तरण गरिएको रोटरी क्लब दमकका अध्यक्ष दीपु चापागाइँ ( सन्दिप)ले जानकारी दिनु भयो । शनिवार एक कार्यक्रमकाबीच दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा सो पुस्तकालय हस्तान्तरण गरिएको थियो । पुस्तकालयमा एक सय बढी विभिन्न किसिमका पुस्तकहरु राखिएका छन् ।


गाउँमै पुस्तकालय स्थापना भएपछि अध्ययन गर्ने बानीको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सो पुस्तकालयमा नगरभित्रका गतिबिधि थाहा पाउन सकिने दमक नगर बुलेटिन पनि उपलब्ध हुने बताउनु भयो ।

अध्यक्ष चापागाईले पठन संस्कृतिको विकास गराउन नगर भित्रका ग्रामीण क्षेत्रमा यस्ता पुस्तकालय स्थापना गरिने कार्यलाई विस्तार गरिदै लैजाने वताउनु भयो । कार्यक्रममा दमक ३ का वडाध्यक्ष नबिन बरालले पुस्तकालय सो वडाको सम्पत्तीका रुपमा रहने भएकाले यसलाई वडाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Facebook Comments Box