काठमाडौं/एक महिलामाथि यौन शौषणको आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमसेर राणा निलम्बित भएका छन् । संघीय प्रहरी इकाई कार्यालय सुनसरी (धरान) मा कार्यरत एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।

ति महिलाको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो । राणामाथि अनुसन्धान गर्नका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृहले राणामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।

एसएसपी राणाले आफूलाई लामो समयदेखि यौन शोषण गरेको आरोप महिलाले लगाएकी थिइन् । तर राणाले भने ति महिलाको आरोप निराधार रहेको बताउँदै आएका छन् ।

Facebook Comments Box