दमक/झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ लालपानीका कुमार श्रेष्ठका नाबालक छोरा सिद्धार्थ श्रेष्ठको पैनीमा डुबेर मृत्यु भएको छ ।

बिहिवार बिहान साढे ७ बजेको समयमा घर देखि ५० मिटरको दुरीमा रहेको पैनीमा डुबिरहेको अबस्थामा बाबुले फेला पारी बि.एण्ड.सी. अस्पतालमा उपचारका लागि लगेकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले घट्नाबारे थप अनुसन्धान शुरु गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box