मोरङ/मोरङको बेलवारी नगरपालिका वडा नं ५ कसेनीमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान राती पौने १ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ प ६९२३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाउँपालिका ५ का २० बर्षीय राजकुमार सरदार घाईते भएका थिए । उनलाई उपचारका लागि धरान लगिएकोमा उपचारको क्रममा बहान साढे ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।