संखुवासभा/ चैनपुरनगरपालिका वडा नं २ का दुर्गाप्रसाद सिम्खडाको श्रीमती ६०वर्षीया बाटुली सिम्खडाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
आज करिब १० बजे चैनपुर भित्र कच्चीबाटोमा नुनढाकीबाट ईटहरीतर्फ आउदैगरेको को१ख४२८२ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।