दमक/मोरङ र सुनसरीका दुई ठाउँमा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बुधवार राती साढे ८ बजे मोरङको कटहरी गाउँपालिका ७ होडियारीमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाईते भएका स्थानीय २२ बर्षीय अडताल मोडियारीलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सुनसरीको ईटहरी १७ मा भएको मोटरसाईकल दुर्घटनामा मोटरसाईकल चालक भोजपुरको पात्लेपानी गाउँपालिका ५ का २० बर्षीय कौशल राईको मृत्यु भएको छ । आज बिहान राती पौने २ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको अनटेष्ट मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका राईको बिराट नरसिङहोममा उपचारको क्रममा बिहान सवा ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Facebook Comments Box