दमक/ पूर्वका पहिचानवादी शक्तिहरुले प्रदेश १ लाई ‘लिम्बुवान, किरात’ नामाकरण गराउन दवाव दिने उद्देश्यले लिम्बुवान संयुक्त संघर्ष समिति गठन गरेका छन् ।

लिम्बुवानजन्य विभिन्न १० वटा संघसंगठनहरुले अरुण पूर्वका भूभागलाई ऐतिहासिक पृष्ठभूमि तथा पहिचानका आधारमा लिम्बुवान स्वायत्त प्रदेश वनाउन पुनः आफनो धारणा अघि सार्दे संयुक्त संघर्ष समिति गठन गरेका हुन् ।
सत्तारुढ दल सम्वद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, उपेन्द्र यादव सम्बद्ध समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिसहित किरात याक्थुङ चुम्ुलङ्गसहित आवद्ध अगुवाहरुको बुधबार काठमाण्डौमा सम्पन्न भेलाले संघर्ष समितिलाई शसक्त वनाउने निर्णय गरिएको चुम्लुङ्गका अध्यक्ष योगराज वनेमले जानकारी दिनु भयो । प्रदेश नम्बर १ को अधिबेशन हुन गईरहेको समय र सन्दर्भलाई थप क्रियाशील गराउन संर्घष समिति गठन गरिएको उहाँले बताउनु भयो ।


पहिचानका आधारमा प्रदेशहरुको नामाकरण निर्माण गर्न संविधानसभाको विषयगत समिति र राज्य पूर्नसंरचना उच्चस्तरिय आयोगबाट सिफारिस भए वमोजिमका प्रदेशहरु सुनिश्चत हुनुपर्ने पहिचानवादी शक्तिहरुको विगतको मागलाई पुनः दोहोरयाँउदै समितिले त्यसको मर्म विपरीत सात प्रदेश घोषणा गरि पञ्चायती शैली तथा एकात्मकवादी चिन्तनले जर्वजस्त गण्डकी ,कर्णाली प्रदेश नामकरण गरिएकोमा विरोध जनाएको छ ।
समितिले विज्ञप्ति जारी गरि लिम्बुवान प्रदेश प्राप्तिका लागि विभिन्न समयमा उठेका राजनीतिक आन्दोलनहरु,विगतमा नेपाल सरकारसंग भएका सहमतिहरु,सात सालको क्रान्ति,जनयुद्ध,जनआन्दोलन,मधेश आन्दोलन,आदिवासी जनजाति आन्दोलन,लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्धाहरुलाई मध्यनजर गर्दे अहिलेलाई साझा पहिचानको आधारमा ‘लिम्बुवान, किरात’प्रदेश नामाकरण गर्न पुनः आफनो धारणा दोहो¥याँएका छन् । गठित समितिले प्रदेशको नामाकरणलाई दवाव दिन प्रदेश सभा, प्रदेश सभाका सांसदहरु,प्रदेश सरकारसहित राजनीतिक दलहरुलाई माग सम्बोधनका लागि अपिल गर्ने समेत निर्णय गरिएको चुम्लुङ्गका अध्यक्ष वनेमले बताउनु भयो ।

Facebook Comments Box