चार केजी गाँजा र प्रतिबन्धित ट्याब्लेटसहित दुई पक्राउ

Author Nishkarsha News
२०७६ माघ १५, बुधबार १६:१२

दमक/झापा कमल गाँउपालिका–१ का ६४ बर्षीय अकालु साह लागुऔषध चार केजी गाँजा सहित पक्राउ परेका छन ।

गएराती करिब ८ बजे साहलाई उनकै घरबाट ४ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
यसै गरी मोरङमिक्लाजुङ–५ का २४बर्षीय रेसम राई लागुऔषधसहित पक्राउ परेका छन ।

हिजो साँझ साढे ६ बजे लेटाङ ८जाँतेबाट राईलाई स्पायसट्याब्लेट १०४ पिस र रिमा डोलट्याब्लेट –९४ पिस लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्