तीन जना पाकेटमार रंगेहात पक्राउ

Author Nishkarsha News
२०७६ माघ १५, बुधबार ११:२५

काठमाडौं/बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पाकेटमारलाई ११ हजार रुपैयाँसहित महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका ७ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका ६ घर भइ ललितपुर गोदावरी बस्दै आएका २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका ८ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय रुविन कठायत रहेका छन् ।


मध्यपुर थिमि नगरपालिका ९ राधेराधेमा काठमाण्डौबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारेर भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्