दमक/ झापाको दमक १० स्थित नलबारी टोलमा गएराती भएको मोटरसाइकल दुर्घट्नामा मोरङ उर्लाबारी ९ का एक युवकको ज्यान गएको छ ।
उर्लाबारी–९ का ३१ बर्षीय धिरेन तामाङको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
राती ८ बजे दमक १० स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को ३५ प १०५५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।