गौरीगञ्ज/झापाको गौरीगञ्ज ३ स्थित गेउरिया पूल नजिकै साइकलमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको ७० केजी सुर्ती प्रहरीले बरामद गरेको छ ।


आज विहान करिब ९.१५ बजे ईलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले सो सूर्ति बरामद गरेको हो । गौरीगञ्ज , कोरोबारी, कुञ्जीबारी, महाभारा, शिवगञ्ज, झापा बजार लगायतका झापाका पश्चिम दक्षिण भारतीय नाकासंग जोडिने क्षेत्रमा भारतबाट अबैध रुपमा भारी मात्रामा सुर्ती को ओसारपोसार हुने गरेपनि प्रहरीले छिटफुट रुपमा मात्रै पक्राउ गर्ने गरेको छ ।
अवैध रुपमा स्वास्थ्यका लागि प्रतिकुल असर पार्ने सूर्तीको आयातमा स्थानीय प्रहरी र ओसापसारमा संलग्न गिरोहबीच मिलेमतोका कारण फाट्टफुट्ट रुपमा मात्रै न्यून मात्रामा प्रहरीले बरामद गर्ने गरेको छ ।

सूर्तिसंगै ति नाकाहरुबाट प्रहरीकै संरक्षणमा भन्सार छलीका खाद्यबस्तु र कपडाहरु समेत आयात हुने गरेको छ । स्थानीय प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका नाममा त्यस्तो गिरोहसंग मासिक नजराना असुली गर्ने गिरोह समेत ति क्षेत्रमा सक्रिय छ । सो क्षेत्रका प्रहरी इकाई ( इलाका तथा चौकी)हरुमा अबैध आयात निर्यातको गिरोहले नै सूर्ती ,तेल, चिनी, साबुन, लत्ताकपडा लगायतका सामान ल्याइदिने गरेका छन् । कहिले नगद त कहिले जिन्सी बुझाउँछौं –समाचार स्रोतले भन्यो ।

Facebook Comments Box