सिन्धुली/ झापाबाट काठमाडौं हिंडेको माइक्रोबास दुर्घटनामा परेको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका २ मा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
झापाबाट काठमाण्डौ हिंडेको बा ४ ख ६९६ नम्बरको माईक्रो बस सडकबाट तल खस्दा काठमाडौ महानगरपालिका ११ का मोहन महर्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box